प्रथम जिराभवानी भेट्रान्स गोल्डकप सुरु, उद्घाटन खेलमा वीरगञ्ज युथ एकेडेमी विजयी

 

हरिकिशोर शर्मा / असोज २४, जिराभवानी, पर्सा।

पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा प्रथम जिराभवानी भेट्रान्स गोल्डकप फुटबल प्रतियोगिता सुरु भएको छ।

प्रतियोगिताअन्तर्गत आज भएको खेलमा वीरगञ्ज युथ एकेडेमी र सागरमाथा बगही भेट्रान्सबीच प्रतिस्पर्धा भएको थियो। उक्त खेलमा वीरगञ्ज युथ एकेडेमीले ०–१ गोलको नतिजासहित जित हासिल गर्दै विजयी सुरुवात गरेको छ।

प्रतियोगिताले भेट्रान्स खेलाडीहरूबीच खेलकुद भावना, आपसी सद्भाव र भाइचाराको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित