अमर शहीद बंशी साह (बंशी चाचा) को शहादत दिवस मुजफ्फरपुरमा श्रद्धापूर्वक मनाइयो

मुजफ्फरपुर । अमर शहीद बंशी साह, जसलाई बंशी साह उर्फ बंशी चर्चा को नामले पनि व्यापक रूपमा चिनिन्छ, उनको शहादत दिवस कानू कल्याण महासभाको प्रधान कार्यालय, ब्रह्मपुरा–मुजफ्फरपुरमा विधिवत् तथा भावनात्मक वातावरणमा मनाइयो। कार्यक्रममा समाजका सयौँ व्यक्तिहरूको उपस्थिति रहेको थियो।

 

कार्यक्रममा उपस्थित राष्ट्रिय अध्यक्ष मुनेश्वरप्रसाद कानू, अरुण किरण साहू, नीरजकुमार मधेशिया, शंकर प्रसाद कानू, अधिवक्ता अशोक कुमार लगायत अन्य पदाधिकारी तथा समाजका दर्जनौँ गणमान्य व्यक्तिहरूले बंशी साह (बंशीचाचा)को तस्बिरमा पुष्प अर्पण गर्दै श्रद्धाञ्जलि व्यक्त गरे।

 

बंशी साह (बंशी चाचा)को ऐतिहासिक त्याग

 

बंशी साह (बंशी चाचा)बैरगिनिया–सीतामढी बीच बग्ने बागमती नदीमा पुल निर्माण गराउन वर्षौँदेखि संघर्षरत थिए। स्थानीय जनताको दैनिक जोखिम, आवाजाहीको कठिनाइ र क्षेत्रको विकासमा परेको अवरोध हटाउन उनले निरन्तर पहल गरे। तर, सरकार र प्रशासनले वर्षौँसम्म मागको बेवास्ता गरेको विरोधमा बंशी साहले अन्ततः आत्मदाह गर्ने कठोर निर्णय लिए—जसले सम्पूर्ण क्षेत्रलाई स्तब्ध बनायो।

 

उनको बलिदानले मात्र होइन, बागमती पुल निर्माणप्रति सरकारको ध्यानाकर्षण गरायो र पछि यो आन्दोलनले ठूलो रूप लिएर जनसरोकारी मुद्दा बनेको थियो।

 

कार्यक्रममा भावनात्मक अभिव्यक्ति

 

कार्यक्रममा बोल्ने वक्ताहरूले बंशी साह (बंशी चाचा)को साहस, त्याग र समाजप्रतिको समर्पणको स्मरण गर्दै भने—

“बंशीचाचा केवल एक व्यक्ति मात्र होइनन्, अधिकार र विकासका लागि लड्नुपर्छ भन्ने सन्देश छोेर्ने प्रतीक हुन्।”

 

सहभागीहरूले समाजमा एकता,अधिकारको रक्षा र विकासका सवालमा निरन्तर आवाज उठाउनुपर्ने आवश्यकता उल्लेख गरे।

कार्यक्रममा भविष्यमुखी योजनाबारे पनि संक्षिप्त छलफल गरिएको थियो।

 

कानू कल्याण महासभाद्वारा आयोजित यो श्रद्धाञ्जलि कार्यक्रम अत्यन्त सफल, गरिमामय र भावनात्मक रूपमा सम्पन्न भयो।

सम्बन्धित