वीरगञ्ज — नेपाल ट्रेड युनियन पर्साको आयोजनामा महिलाहरूको सीप विकास तथा स्वरोजगार प्रवर्द्धन गर्ने उद्देश्यसहित ३ महिने सिलाई कटाई तथा बियुटिसियन तालिमको एक समारोहबीच उद्घाटन गरिएको छ।
वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हालेर उक्त तालिमको औपचारिक उद्घाटन गर्नुभएको हो।
प्रमुख अतिथिको मन्तव्य
उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि उपप्रमुख आलमले सम्पूर्ण नगरवासीहरूलाई आगामी दीपावली तथा छठ पर्वको अग्रिम शुभकामना व्यक्त गर्नुभयो। उहाँले यस्ता सीपमूलक तालिमहरूले महिला दिदीबहिनीहरूलाई आत्मनिर्भर बन्न, आफ्नै व्यवसाय सञ्चालन गर्न र आयआर्जनको गतिलो स्रोत तयार पार्न ठुलो सहयोग पुर्याउने बताए। साथै, नेपाली कांग्रेसको भातृ संस्था ट्रेड युनियनले नागरिकहरूको कार्यशैली र दक्षता विकासका लागि विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो।
उक्त तालिममा ३० जना सहभागी रहेका छन।
सिलाई कटाईतर्फ १५ जना प्रशिक्षकमजिद मिया रहेका छन भने।
बियुटिसियनतर्फ१५ जना प्रशिक्षक राधा हमाल रहेकी छिन।
विशिष्ट अतिथि तथा अन्य उपस्थिति
कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वीरगञ्ज महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष महमद रेयाज मिया, नेपाल ट्रेड युनियन मधेस प्रदेशका निवर्तमान अध्यक्ष लक्ष्मी प्रसाद कुर्मी, तथा नेपाली कांग्रेस श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृत लाल जोशीको उपस्थिति रहेको थियो।
त्यसैगरी, कार्यक्रममा वडा नं. २ का वडा सदस्यहरू बसिर मिया, चन्द्र नारायण सिंह रिजाल, पुन्देव प्रसाद यादव, उर्मिला थापा लगायत स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेपाल ट्रेड युनियन पर्साका अध्यक्ष छोटेलाल प्रसाद साहको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन र व्यवस्थापनमा स्थानीय पदाधिकारी तथा अगुवाहरूको सक्रिय सहभागिता रहेको थियो।








