केवाइसी अपडेटको बहानामा ५० लाख ठगी, रौतहटमा भारतीय सहित ३ जना पक्राउ

 

अशोक यादब

रौतहट, २६ असोज।

बैंक तथा डिजिटल वालेटका कर्मचारी भएको भन्दै केवाइसी (KYC) अपडेट गर्ने बहानामा सर्वसाधारणको बैंक खाता तथा डिजिटल वालेटमा अनधिकृत पहुँच पुर्‍याई करिब ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा भारतीय नागरिकसहित तीन जना पक्राउ परेका छन्।

रौतहट प्रहरीले उनीहरूलाई सार्वजनिक गर्दै घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यअन्तर्गत सीतामढी जिल्लाको बैगनियाका स्थायी बासिन्दा तथा गौर नगरपालिका–३ मा डेरा गरी बस्ने २४ वर्षीय मोहम्मद साहिल, सोही स्थानमा बस्ने २२ वर्षीया सलोनी कुमारी सोनी र गौर नगरपालिका–५ का १८ वर्षीय नितेश कुशवाहा रहेका छन्

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित