सगरमाथा एकेडेमीमा ‘राखी बनाउने प्रतियोगिता–२०८३’ सम्पन्न

 

वीरगञ्ज, ११ भदौ

सगरमाथा एकेडेमी वीरगञ्ज प्रा.लि., मुरली–१२ को आयोजनामा रक्षाबन्धनको अवसरमा ‘राखी बनाउने प्रतियोगिता–२०८३’ सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक तथा नेशनल प्याब्सन नगर अध्यक्ष जियालाल गुप्ताको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथिका रूपमा माईथान विद्यापीठ माध्यमिक विद्यालयका प्रधानाध्यापक मुनिलाल कर्ण उपस्थित थिए। प्रतियोगिताको निर्णायकमा गुगल एकेडेमीका नरेश कुर्मी, ए प्लस एकेडेमीका देव जयसवाल र नवदीप माध्यमिक विद्यालयकी सुशीला साह रहेका थिए।

प्रतियोगितामा विद्यार्थीहरूले विभिन्न सामग्री प्रयोग गरी आकर्षक तथा सिर्जनात्मक राखी निर्माण गरेका थिए। विद्यार्थीमा मौलिक संस्कृति, परम्परा तथा चाडपर्वको महत्त्वबारे व्यावहारिक ज्ञान दिलाउने र सिर्जनात्मक क्षमता प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक गुप्ताले बताए।

सिनियरतर्फ सृष्टि साह, नयनशिका सिंह, अमित साह, आदिल अंसारी र आयत खातुन प्रथम, प्रतीक्षा सुवेदी, रेशमा खातुन, रिया गुप्ता, मीरा कुशवाहा र मनिषा कुशवाहा द्वितीय तथा प्रियंशी गुप्ता, सृष्टि गुप्ता र आर्पिता गुप्ता तृतीय भए। आलिया खातुनले चौथो स्थान हासिल गरिन्।

त्यस्तै, जुनियरतर्फ करिश्मा कुमारी, श्रेया साह र सृष्टि साह प्रथम तथा निदन गुप्ता र निगम गुप्ता द्वितीय भए। तृतीय स्थानमा प्रिन्स पटेल, प्रियांश कुमार, निकुञ्ज गुप्ता, सागर कुशवाहा, जाहेद अन्सारी, निश्चल कुशवाहा, सागर चौरसिया, जनथ हवारी, शिवांश साह, बीर कुशवाहा र आदित्य गुप्ता रहे।

विजेताहरूलाई नगद पुरस्कार प्रदान गरिएको थियो। कार्यक्रममा अतिथि तथा निर्णायकहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो। कार्यक्रम विद्यालयका संयोजक संजिव यादवले सञ्चालन गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित