रक्सौलमा ‘आइसक्रिम हाउस’ उद्घाटन, उत्कृष्ट स्वाद र गुणस्तरीय सेवामा जोड

 

रक्सौल । रक्सौलको बैंक रोडस्थित आकर्षण गलीमा नयाँ प्रतिष्ठान ‘आइसक्रिम हाउस’ को भव्य उद्घाटन गरिएको छ। बुधबार आयोजित समारोह वैदिक मन्त्र उच्चारण तथा पारम्परिक पूजाआजासहित सम्पन्न भएको हो।

प्रतिष्ठानको उद्घाटन बबली सिकारियाले रिबन काटेर गरेकी थिइन् भने सञ्चालक उमेश कुमार सिकारियाले नरिवल फुटाएर शुभारम्भ गरेका थिए। कार्यक्रममा उपस्थित अतिथिहरूलाई मिठाई वितरण गर्दै सञ्चालक उमेश कुमार सिकारियाले सबैप्रति आभार व्यक्त गरे। उपस्थित अतिथिहरूले प्रतिष्ठानको सफलताको शुभकामना दिएका थिए।

प्रतिष्ठानका सञ्चालक उमेश कुमार सिकारिया तथा तन्मय सिकारियाले नयाँ प्रतिष्ठान ग्राहकलाई उत्कृष्ट स्वाद, सरसफाइ र गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बताए। ग्राहकको सन्तुष्टि र विश्वासलाई प्राथमिकतामा राखेर सेवा दिइने उनीहरूको भनाइ थियो।

उनीहरूले अब रक्सौलका उपभोक्ताले पनि प्रमुख शहरहरूमा उपलब्ध हुने उच्च गुणस्तर र विभिन्न स्वादका आइसक्रिमको स्वाद लिन सक्ने बताए। प्रतिष्ठानमा रेडिमेड आइसक्रिम, लस्सी, छाछ, विभिन्न ब्रान्डका चिसो पेय पदार्थ, जुस तथा बोतलबन्द पानीको व्यवस्था गरिएको जानकारी दिइयो।

सञ्चालक उमेश कुमार सिकारियाले जिल्लामै पहिलो पटक केही मिनेटमै विभिन्न स्वादका आइसक्रिम तयार गर्न सक्ने आधुनिक आइसक्रिम मेसिन जडान गरिएको जानकारी दिए। उनले प्रतिष्ठानको स्वादले आइसक्रिम पारखीहरूलाई विशेष आकर्षित गर्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा भारत विकास परिषद शाखा रक्सौलका अध्यक्ष रजनीश प्रियदर्शी, सचिव नरेश कुमार, वित्त सचिव सुनिल कुमार, अजय कुमार, विजय कुमार साह, दिनेश प्रसाद, अवधेश सिंह, विनोद कुमार (नरिवल गद्दी), नितेश कुमार सिंह, द्वारिका सर्राफ, मनोज कुमार, सुनिल कुमारलगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी विशेष सिकारिया, नरेश सिकारिया, सन्तोष कुमार, हरीश खत्री, प्रभु रौनियारलगायत शहरका प्रतिष्ठित व्यक्तिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो। लायन्स क्लब अफ रक्सौलका अध्यक्ष तथा मिडिया इन्चार्ज एवं भारत विकास परिषद रक्सौलका सेवा संयोजक विमल सर्राफले दिल्लीबाट शुभकामना सन्देश पठाएका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित