नारायणी रंगशाला सडक खण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न

 

वीरगंज /२१ बैशाख

 

ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर, वीरगंज महानगरपालिका र गौतम माध्यमिक विद्यालयको संयुक्त आयोजनामा वीरगञ्जस्थित नारायणी रंगशाला जाने सडक खण्डमा वृहत सरसफाइ कार्यक्रम सम्पन्न भएको छ।

वीरगंज महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने उक्त सडक क्षेत्रमा आयोजना गरिएको सरसफाइ कार्यक्रम ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सम्पन्न भएको हो।

कार्यक्रममा गौतम माध्यमिक विद्यालयका प्रिन्सिपल गणेश क्षेत्री, शिक्षकहरू रमेश शर्मा, ललित कर्ण, सौराज प्रधान लगायत विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष उपस्थिति रहेको थियो।

साथै सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका पदाधिकारीहरू,जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख युबराज कटवाल,सशस्त्र प्रहरी १३ गण बाट डिएसपी मोहन निरौला,जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, नगर प्रहरी प्रमुख हरि भुसाल तथा नगर प्रहरीका जवानहरूको समेत सक्रिय सहभागिता रहेको थियो।

सरसफाइ कार्यक्रममार्फत नारायणी रंगशाला आसपासको सडक क्षेत्र सफा गरिएको छ भने वातावरणीय स्वच्छता कायम राख्न यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा सहभागीहरूले जोड दिएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित