अभिलाष गुप्ता
वीरगंज/ ०५ बैशाख
वीरगंज जेसीजद्वारा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम “जेसीज सप्ताह” अन्तर्गत पाँचौँ दिन आज खेलकुद कार्यक्रमको रूपमा आयोजना गरिएको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता अत्यन्त उत्साह, उमंग र खेलकुदीय भावनासहित भव्य रूपमा सम्पन्न भएको छ।
उक्त प्रतियोगितामा वीरगंज जेसीजका पूर्व अध्यक्षहरू तथा वर्ष २०२६ का कार्यसमिति सदस्यहरूबीच मैत्रीपूर्ण प्रतिस्पर्धा भएको थियो। खेलले आपसी सम्बन्ध सुदृढ बनाउँदै सहकार्य, एकता र भाइचाराको सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको देखिएको छ।
वीरगंज जेसीज वर्ष २०२६ का अध्यक्ष जेसी रविन्द्र श्रेष्ठ नेपाल जेसीजको क्षेत्र ‘ख’ अध्यक्ष बैठकमा सहभागी हुन गएको कारण आजको कार्यक्रमको सभापतित्व निवर्तमान अध्यक्ष सिनेटर सरोज चौरसियाले कुशलतापूर्वक ग्रहण गर्नुभएको थियो। कार्यक्रममा वीरगंज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२६ का अध्यक्ष सल्लाहकार जेसीआई सिनेटर सन्तोष खनालज्यू प्रमुख अतिथिको रूपमा गरिमामय उपस्थित भई कार्यक्रमलाई अझ आकर्षक र प्रेरणादायी बनाउनुभएको थियो।
आज सम्पन्न मैत्रीपूर्ण क्रिकेट प्रतियोगितामा बोर्डका पदाधिकारीहरूको टोली विजयी बन्न सफल भएको छ। खेल अवधिभर खेलाडीहरूको जोश, उत्साह र खेलप्रतिको समर्पणले कार्यक्रमलाई झनै रोमाञ्चक बनाएको थियो।
कार्यक्रममा वीरगंज जेसीजका अन्य पूर्व अध्यक्षहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमको गरिमा अझ बढाएको थियो।
उक्त कार्यक्रमको सफल संयोजन वर्ष २०२६ का उपाध्यक्ष जेसी राकेश कुमार कुशवाहाले गर्नुभएको थियो। समग्रमा, आजको खेलकुद कार्यक्रमले सहभागीहरूबीच आपसी सद्भाव, सहकार्य र खेलकुद संस्कृतिको प्रवर्द्धन गर्दै “जेसीज सप्ताह” लाई अझ प्रभावकारी र स्मरणीय बनाएको छ।









