कटहरियामा घरभित्र लक गरेर राखिएको मोटरसाइकल चोरी

 

 

दिपेश कुमार शाह , रौतहट । रौतहटको कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जसवालको निजी निवासबाट मोटरसाइकल चोरी भएको छ।

कटहरिया नगरपालिका–३, बरेडवास्थित जसवालको निजी निवासमा घरभित्र लक गरेर राखिएको ना. ५ प. ३४८१ नम्बरको पल्सर १५० सीसी मोटरसाइकल राति करिब १२ बजे चोरी भएको हो। अज्ञात व्यक्तिले मोटरसाइकलको लक तोडेर चोरी गरेको जैसवालले बताइएको छ।

घटनापछि चोरी भएको मोटरसाइकलको खोजी कार्यमा सहयोग गरिदिन सम्बन्धित निकाय तथा सर्वसाधारणसँग आग्रह गरिएको छ।

उक्त नम्बरको मोटरसाइकल कतै देखेमा वा चोरीसम्बन्धी कुनै जानकारी प्राप्त भएमा नजिकको प्रहरी कार्यालय वा इलाका प्रहरी कार्यालयमा खबर गरिदिन अनुरोध गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित