युवराज्ञी हिमानीको ५१औँ शुभजन्मोत्सवमा वीरगञ्जमा बाजागाजासहित र्‍याली

 

 

वीरगञ्ज। श्री ५ युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको ५१औँ शुभजन्मोत्सवको अवसरमा वीरगञ्जमा बाजागाजासहित र्‍याली निकालिएको छ।

घण्टाघर चोकबाट सुरु भएको र्‍याली वीरगञ्ज नगरका विभिन्न भागको परिक्रमा गरी पुनः घण्टाघर चोकमा पुगेर शुभकामना आदानप्रदानसहित सम्पन्न भएको थियो।

र्‍यालीपछि आयोजित कार्यक्रममा संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहले युवराज्ञी हिमानी राज्यलक्ष्मी देवी शाहको ५१औँ शुभजन्मोत्सवको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो। उहाँले युवराज्ञी हिमानीको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि एवं दीर्घायुको कामना गर्दै उहाँको जीवन सधैँ सुखमय र सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्नुभयो।

अध्यक्ष शाहले शुभजन्मोत्सवले सम्पूर्ण नेपालीमा आपसी सद्भाव, एकता, भाइचारा र राष्ट्रिय भावनालाई थप सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्नुभयो। उहाँले यस अवसरमा युवराज्ञी हिमानीप्रति सम्मान, सद्भाव र शुभेच्छा व्यक्त गर्दै उत्तरोत्तर प्रगतिको कामनासमेत गर्नुभयो।

कार्यक्रममा संघका जिल्ला अध्यक्ष सङ्गीता देवी शाह, उमाशङ्कर प्रसाद, राजेन्द्र पाल, विष्णुकुमार, सन्तोष गुप्ता, पृथ्वी झा, हरेराम रौनियार, चुलाइ मियाँ, राधाकृष्ण चौहान, हरिन्द्र राउत, ईदा मियाँ, मदन ठाकुर हजाम, सावित्री कुमारी शिवालय, लालशा देवी, धुरेन्द्र पटेल, मोहन राहत कुर्मी, विक्रम साहलगायतको उपस्थिति रहेको थियो।

शुभकामना तथा र्‍याली कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित