बाल विवाह रोक्न कृष्णनगरका धर्मगुरुहरूको साझा प्रतिबद्धता 

 

अजय मिश्र

कपिलवस्तु, असोज १३ गते।

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं १ शिवानगरमा आज बाल विवाह अन्त्यका लागि बाल संरक्षण प्रवर्धन कार्यक्रम अन्तर्गत एक दिने बाल विवाह अन्त्यका लागि धर्मगुरु हरूको भूमिका बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सिद्धार्थ सामाजिक विकास केन्द्रको आयोजना, यूनिसेफ को सहयोग तथा नेपाल सरकारको समान्वयमा बाल विवाह रोक्न धर्मगुरुहरू संग अन्तरक्रिया गरिएको छ।

अन्तर्क्रिया कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रका मनो सामाजिक कार्यकर्ता तापस कुमार मिश्रले बाल विवाह रोक्न धर्मगुरु हरूको भूमिका तथा बाल विवाह रोक्न कानुनी प्रक्रियाको बारेमा प्रष्ट पारेका थिए।

कार्यक्रममा बोल्दै धर्मगुरु मौलाना मशहूद खां नेपालीले बाल विवाह गर्नु कसैका लागि हितकर नरहेको बताउदै धर्मगुरुहरू समेत यसकार्य लाई रोक्न हरेक सम्भव प्रयास गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै धर्मगुरु विरेंद्र शास्त्रीले बाल विवाह रोक्न हामी धर्मगुरुहरू आज सामुहिक प्रतिबद्धता समेत जनाएको र बाल विवाह गराउने कार्यमा हाम्रो संलग्नता नरहने समेत प्रष्ट पारेका थिए।

उपस्थित हिन्दू, मुस्लिम लगायतका धर्मगुरु हरूले बाल विवाह रोक्न आफूहरू सधै प्रतिबद्ध रहने वाचा गरेका थिए। कार्यक्रममा प्रशिक्षकको भूमिका रूकैया खातूनले निर्वाह गर्नुभएको थियो।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित