रन्धिर साह । रौतहटको लालबकैया नदिमा एक २५ वर्षिय युवक हाम फालेका छन् । रौतहटको देवाही गोनाही नपा-५ स्थित टिकुलिया मौलापुर जोडिएको लाल बकैया नदिको पुलबाट करिब २५ वर्षिय हामफालेका युवक बेपत्ता भएका छन्।
रौतहटको लालबकैया पुलबाट करिब २५ वर्षीय सचिन्द्र यादव खोलामा हाम फालेरका हुन् । उनी कचोर्वाबाट उपचारका लागि गरुडा तर्फ मोटरसाइकलमा जाँदै गर्दा मानसिक सन्तुलन ठीक नभएका यादव पुलमा मोटरसाइकलबाट ओर्लिएर खोलामा हाम फालेको प्रहरीले जनाएको छ।
घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको खोजतलास गर्न उद्घार टोलि सहित २४ जनाको टोली परिचालन गरी खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।









