सार्क पत्रकार मञ्चका सदस्य चन्दनकुमार महतोका बुवाको निधनप्रति शोक व्यक्त

 

 

वीरगञ्ज । सार्क पत्रकार मञ्च, मधेश प्रदेशका सदस्य तथा रौतहटबाट संचालित सि.एच.खबरका अध्यक्ष चन्दन महतोका पूजनीय बुवा सोनफी महतोको ८५ वर्षको उमेरमा निधन भएको छ। उहाँको निधनप्रति सार्क पत्रकार मञ्च, मधेश प्रदेशले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ।

मञ्चका अनुसार महतोको यही असोज ७ गते बुधबार निधन भएको हो। उहाँको निधनले सार्क पत्रकार मञ्च, मधेश प्रदेश परिवारलाई मर्माहत बनाएको जनाइएको छ।

शोकसन्देश जारी गर्दै मञ्चका संयोजक महम्मद सदाबले दिवंगत आत्माप्रति चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेका छन्।

मञ्चले दुःखको यस घडीमा अध्यक्ष चन्दनकुमार महतोसहित सम्पूर्ण परिवारजनप्रति ऐक्यबद्धता जनाउँदै दिवंगत आत्माको शान्तिको कामना गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित