घडीअर्वामा बजरंग दल पर्साको विशेष बैठक: संगठन विस्तार र राष्ट्रहितका लागि एकजुट हुने प्रतिबद्धता ​

 

 

वीरगञ्ज, २७ भदौ

राष्ट्रिय बजरंग दल पर्सा जिल्ला समितिको आयोजनामा शनिबार वीरगञ्जस्थित प्रसिद्ध घडीअर्वा पोखरी परिसरमा एक विशेष समीक्षा तथा रणनीतिक बैठक सम्पन्न भएको छ।

​जिल्ला अध्यक्ष विवेक सिन्हाको अध्यक्षतामा बसेको उक्त बैठकमा पर्सा जिल्लाभरका संगठनका पदाधिकारी, प्रतिनिधि तथा कार्यकर्ताहरूको ठूलो संख्यामा उपस्थिति रहेको थियो।

​बैठकमा बजरंग दलले विगतका दिनहरूमा सञ्चालन गरेका गतिविधिहरूको वस्तुनिष्ठ समीक्षा गर्दै संगठनलाई आगामी दिनमा कसरी अझ अनुशासित, सुदृढ र व्यवस्थित रूपमा अगाडि बढाउने भन्ने विषयमा गहन विचार-विमर्श गरिएको छ।

​कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिन्हाले बजरंग दलको वास्तविक शक्ति एकता र सुदृढ सांगठनिक संरचना नै भएको उल्लेख गर्नुभयो। “देशको बल नै बजरंग दल हो र बजरंग दलको बल भनेकै हाम्रा कार्यकर्ताको अभेद्य एकता हो,” अध्यक्ष सिन्हाले भन्नुभयो, “आगामी दिनमा हामी सबै साथीभाइ एकजुट भई समाज, संस्कृति र राष्ट्रको हितका लागि निरन्तर रूपमा मैदानमा खट्नेछौँ।”

​बैठकले आगामी दिनमा जिल्लास्तरमा सञ्चालन गरिने सामाजिक तथा राष्ट्रिय हितका विविध कार्ययोजनाहरूबारे समेत छलफल गरेको छ। संगठनको सक्रियतालाई ग्रामीण तहसम्म पुर्‍याउने र युवाहरूलाई राष्ट्र निर्माणको अभियानमा जोड्ने निर्णय बैठकले गरेको छ।

​’जय श्री राम’ को जयघोषका साथ उत्साहजनक वातावरणमा सम्पन्न बैठकले आगामी दिनमा आफ्ना अभियान र कार्यक्रमहरूलाई थप सशक्त रूपमा अगाडि बढाउने संकल्प गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित