उद्योगमन्त्री बन्दै इन्जिनियर दीपककुमार साह

 

काठमाडौँ । उद्योगमन्त्रीमा इन्जिनियर दीपककुमार साहलाई नियुक्त गर्ने तयारी गरिएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी–४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो।

यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि उद्योग मन्त्रालय मन्त्रीविहीन बनेको थियो। रिक्त रहेको मन्त्रालयको जिम्मेवारी साहलाई दिने तयारी गरिएको सचिवालयले जनाएको छ।

मन्त्री बन्ने तयारी भएपछि साह आफ्नो निर्वाचन क्षेत्र सुनसरी–४ बाट काठमाडौँ फर्किएको बताइएको छ। नियुक्तिको औपचारिक प्रक्रिया भने पूरा हुन बाँकी रहेको जनाइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित