श्राद्ध कार्यका लागि जगन्नाथपुरका पीडित परिवारलाई ४ बोरा खाद्यान्न सहयोग

 

वीरगञ्ज । जगन्नाथपुर गाउँपालिका–४ मा घर भएका एक पीडित परिवारलाई श्राद्ध कार्यका लागि खाद्यान्न सामग्री सहयोग गरिएको छ।

सामाजिक अभियन्ता विजेश्वर प्रसाद चौधरीका अनुसार पीडित परिवारको अवस्था तथा श्राद्ध कार्यलाई मध्यनजर गर्दै सहयोगीको तर्फबाट २ बोरा चामल र २ बोरा चिउरा गरी कुल ४ बोरा खाद्यान्न सामग्री सहयोग गरिएको हो।

सहयोग हस्तान्तरण गर्दै चौधरीले दुःखको यस घडीमा पीडित परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले खाद्यान्न सामग्री उपलब्ध गराइएको बताए। उनले दिवंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मृत आत्माले स्वर्गमा बास पाओस् भन्ने कामनासमेत गरे।

चौधरीले आगामी दिनमा पनि पीडित परिवार तथा विपन्न समुदायलाई आफ्नो तर्फबाट निरन्तर साथ, समर्थन र सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे।

मानवीय सेवाभाव र सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिँदै गरिएको यस सहयोगले दुःखमा रहेका परिवारलाई श्राद्ध कार्य सम्पन्न गर्न केही राहत पुग्ने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित