NICCI वीरगञ्ज च्याप्टरद्वारा PMDRF का लागि ६५ हजार ६ सय रुपैयाँ सहयोग

 

वीरगञ्ज/भदौ १९ गते ।

नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI), वीरगञ्ज च्याप्टरका सदस्यहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMDRF) का लागि ६५ हजार ६ सय रुपैयाँ सहयोग संकलन गरेका छन्।

मानवीय तथा सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको सहयोग अभियानमा अभिषेक चौधरी, अमित गुप्ता, विक्की जयपुरिया, निरज अग्रवाल, देवरत आर्याल, सुमित केयाल, पंकज अग्रवाल, चन्दन सिंह, निर्मल खतरी, दीपेश अग्रवाल, रजत सचदेवा, सन्तोष जायसवाल, आकाश सर्राफ, किशन केयाल, कृष्ण अग्रवाल, विवेक कुमार, रौनक केयाल, ज्योति रुंगटा तथा अवधेश सरावगीले आर्थिक सहयोग गरेका छन्।

संकलित सहयोग रकमसम्बन्धी पत्र बुझाउन शुक्रबार NICCI वीरगञ्ज च्याप्टरको प्रतिनिधिमण्डल जिल्ला प्रशासन कार्यालय पुगेको थियो। सो अवसरमा अभिषेक चौधरी, रजत सचदेवा, विक्की जयपुरिया, धीरज दरुका तथा देवरत आर्यालको उपस्थिति रहेको थियो।

NICCI को केन्द्रीय कार्यालयबाट उपलब्ध गराइएको आधिकारिक बैंक विवरणअनुसार संकलित ६५ हजार ६ सय रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष (PMDRF) को आधिकारिक खातामा जम्मा गरिने जनाइएको छ।

NICCI वीरगञ्ज च्याप्टरले सहयोग अभियानमा योगदान गर्ने सम्पूर्ण सदस्यहरूप्रति आभार व्यक्त गर्दै यस पहलले विपद्का समयमा सामाजिक एकता, सहयोग र मानवीय उत्तरदायित्वको भावना थप बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित