भोटेकोशी बाढीपछि रवि–चिनियाँ राजदूत भेटवार्ता

 

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत चेन सोङबीच मंगलबार भेटवार्ता भएको छ।

बुढानीलकण्ठस्थित लामिछानेको निवासमा भएको भेटमा भोटेकोशी बाढीबाट भएको जनधनको क्षति तथा विपद्पछिको खोज, उद्धार, राहत र पुनर्निर्माणमा नेपाल–चीन सहकार्यका विषयमा छलफल भएको हो।

भेटमा राजदूत चेन सोङले बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै खोज तथा उद्धारदेखि पुनर्निर्माणसम्म चीन नेपालसँगै रहेको बताएका छन्। नेपालको आवश्यकताअनुसार सहयोग गर्न चीन तयार रहेको उनले बताए।

राजदूत सोङले विपद्पछि चीनले उद्धारकर्मी, डीएनए विशेषज्ञलगायत आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गर्दै आवश्यकता रहेसम्म सहयोग जारी रहने बताएका छन्।

सभापति लामिछानेले विपद्का समयमा चीनले गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्दै नेपालको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा चीनको आर्थिक र प्राविधिक सहयोग महत्त्वपूर्ण रहेको बताए।

उनले आगामी दिनमा विपद् व्यवस्थापन तथा पुनर्निर्माणका क्षेत्रमा नेपाल–चीनबीच थप सहकार्य गर्न आग्रह गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित