पर्साकाे साेनवर्षाबाट १०५ केजी गाँजासहित भारतीय नागरिक पक्राउ

 

हरिकिशोर शर्मा / साउन / २६ जिराभवानी पर्सा ।

:पर्साको पटेर्वा सुगौली गाउँपालिका–३ सोनबर्साबाट लागू ओैषध गाँजासहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।पक्राउ पर्नेमा भारतकाे बिहार राज्यकाे बेतिया जिल्लाकाे उजहरुपरजिलवा भागा श्रीनगर–३ का ५० वर्षीय सउरु चौधरीलाई रहेका छन्।

सोमबार राति करिब ९ बजेको समयमा इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीकाे संयुक्त टोलीले चौधरीलाई १०५ केजी गाँजासहित पक्राउ गरेको हो ।

गाँजासहित पक्राउ गरिएका चौधरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित