हरिकिशोर शर्मा / साउन २४ जिराभवानी पर्सा ।
पर्साको जिराभवानी गाउँपालिका–१ बलुवास्थित आविद उखु क्रसर उद्योगका सञ्चालक शेख ग्यासुदिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।कार्यक्रम
भारतीय सीमावर्ती बजार भाङ्गाहाबाट अवैध रूपमा भन्सार छलेर सक्खर (मिठा) ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरीको टोलीले उक्त उखु क्रसर उद्योगबाट १६ बोरा र सुवर्णपुर क्षेत्रबाट १५ बोरा गरी ३१ बोरा मिठा बरामद गर्नुका साथै उद्योगका सञ्चालक ग्यासुदिनलाइर्ए पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा,सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प जिराभवानी, प्रहरी चौकी महादेवपट्टी, इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली र प्रहरी चौकी सुवर्णपुरको संयुक्त टोलीले छापा मारेको थियो। त्यसक्रममा ३१ बोरा मिठा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर मल्लले जानकारी दिए।
सामाजिक सञ्जाल फेसबुकमा भारतको भाङ्गाहा बजारबाट भन्सार छली ल्याइएको मिठाका बोराहरु सिधैै क्रसर उद्योगमा पु¥याइएको भिडियो क्लिप सार्वजनिक भएको थियो ।
उद्योग हाल सञ्चालनमा नरहेको, केही दिनदेखि बन्द भई परिसरमा घाँस समेत उम्रिसकेको अवस्थामा फेला परेको र देखाइएको बिलबिजक समेत शंकास्पद रहेकाले अनुसन्धान प्रक्रिया तीव्र पारिएको प्रहरीले जनाएको छ।
यता, प्रहरीको नियन्त्रणमा रहेका सञ्चालक सेख गैसुदिनले भने आफूहरूसँग सामानको वैद्य बिलबिजक रहेको दाबीगरेको बयानका क्रममा सुचना अधिकारी मल्लले जानकारी दिए्।









