अभिलाष गुप्ता
वीरगंज २३ साउन
राउन्ड टेबल नेपाल वीरगंज र रोटैक्ट क्ल्ब अफ बिरगंज मेट्रोपोलिसले सन्युक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ । विभिन्न सामाजिक कार्यहरु मार्फत देश समाजका दिन दुखी असहायको सेवा गर्दै आएको राउन्ड टेबल नेपाल र रोटैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिसले सन्युक्त आयोजनामा शनिबार घण्टाघरमा स्थित स्व. तिवारी बाबाको सालिक परिसरमा आयोजना गरेको वृहत् रक्तदान कार्यक्रममा ५८ जनाले रक्तदान गरेका हुन ।
सो रक्तदान कार्यक्रममा देवनाथ राय,सगुन कुमार सिंह ,अफरोज अन्सारी ,कृष्ण मोहन यादव,सन्जोग थापा,शक्ति श्रेष्ठ ,सहिम राउत गद्दी ,राहुल महतो लगायत रक्तदाताहरुले रक्तदान गरि मानवता बलियो बनाएका थिए ।

सो रक्तदान कार्यक्रमको अध्यक्षता राउन्ड टेबल नेपालका अध्यक्ष सुमित मित्तल र रोटैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष रामबिनय यादवको सन्युक्त अध्यक्षतामा आयोजना भएको रक्तदान कार्यक्रममा अतिथिहरु नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती बृजकिशोर पटेल , दिनानाथ रौनियार, बिरगंज रोटरी क्लब अफ बिरगंज मेट्रोपोलिसका अध्यक्ष राजकिशोर प्रसाद, मोहित राजपाल,समाजसेवी राजेन्द्र भट्टराई, लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा अध्यक्ष सुमित मित्तलले राउन्ड टेबल विशुद्ध पुण्य एवं मानवीय ज्यान जोगाउन उद्देश्यले सधै तत्पर रहि सेवा गर्दै आएको र रगतको कमि भएको खबरले यो रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेको बताउदै रक्तदान भनेको दिनेलाइ केही घाटा हुदैन तर लिने लाई त कति फाईदा कति फाईदा मात्र हुने हैन की जीवन नै बाच्ने भएकोले हामी सबैले प्रत्येक ३ तीन महिनामा रक्तदान गरि कोहि कसैको जिवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरेका थिए ।
सो हि अवसरमा नेपाल इनोभेटिभ सोसाइटी वीरगंजका अध्यक्ष कमल चौगाईले वर्तमान समयमा रक्तसञ्चार केन्द्र बिरगंजमा रगतको अभाव भएकोले वीरगंजको नारायणी अस्पताल लगायत विभिन्न अस्पतालहरुमा उपचाररत बिरामिहरुको उपचारमा निकै समस्या आइरहेको खबर प्राप्त भएको विषम समयमा रक्तदान कार्यक्रमको आयोजना गरि मानवता बलियो बनाएकोमा राउन्ड टेबल नेपाल बिरगंज र रोटैक्ट क्लब अफ बिरगंज मेट्रोपोलिस परिवारलाइ मुरि मुरि धन्यवाद दिदै आआफ्नो सरिरको अमुल्य अन्श रगत दान गरि कसैको जीवन जोगाउने रक्तदाताहरु नै देश समाजका असल नायकहरु हुन उहाहरुको जति प्रसंशा गरे पनि कम हुने भन्दै आभार अभिनन्दन प्रकट गर्दै सम्पुर्णलाई रक्तदान गरि कसैको जीवन जोगाएर मानवता बलियो बनाउन आग्रह गरे ।
सो कार्यक्रममा रक्तसञ्चार केन्द्र वीरगंजका प्रमुख सौरवराज पाण्डे को नेतृत्वमा स्वयंसेवकको टोलिले रक्तदाताहरुलाइ रक्तदान गर्न सघाएका थिए।









