ठोरी घुमेर फर्कंदै गरेका दुई युवाको बाइक दुर्घटना, चालक गम्भीर

 

हरिकिशोर शर्मा /साउन १० जिराभवानी पर्सा

 

ठोरी गाउँपालिका–२ स्थित इलाका प्रहरी कार्यालय ठोरी र चामुण्डा खाजा घरबीचको सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा वीरगञ्जका दुई युवा घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय ठोरीका अनुसार ठोरी घुमेर वीरगञ्ज फर्कंदै गरेका वीरगञ्ज महानगरपालिकाका ३० वर्षीय अशोक मण्डलले चलाएको प्र ०३–०३७ प ९४९३ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । दुर्घटनामा चालक मण्डल गम्भीर घाइते भएका छन् भने पछाडि सवार ३५ वर्षीय आशिक यादव सामान्य घाइते भएका छन् ।

घाइते दुवैजनालाई घटनास्थलबाट उद्धार गरी प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित