बिरामी परबेज मियाँको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे रास्वपा गाउँपालिका सभापति पशुराम साह कानु

 

हरिकिशोर शर्मा / साउन ८ जिराभवानी पर्सा ।

जगन्नाथपुर गाउँपालिका–४ निवासी तुफानी मियाँका छोरा परबेज मियाँ अचानक बिरामी भई काठमाडौंस्थित कोरियन अस्पताल, ठिमीमा उपचाररत रहेको खबर पाएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जगन्नाथपुर गाउँपालिका सभापति परशुराम साह कानु अस्पताल पुग्नुभएको छ।

परबेज मियाँको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुग्नुभएका सभापति साह कानुले उपचाररत बिरामी तथा उहाँका परिवारका सदस्यहरूसँग भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको थियो। उहाँले उपचारका क्रममा परिवारले भोगिरहेको अवस्थाबारे समेत जानकारी लिँदै बिरामीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

भेटका क्रममा सभापति पशुराम साह  कानुले बिरामी परबेज मियाँको उपचारमा परिवारलाई आवश्यक पर्ने सहयोग तथा हौसला प्रदान गर्दै आफ्नो तर्फबाट सक्दो नैतिक सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको बताइएको छ। बिरामीको कठिन परिस्थितिमा अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै परिवारसँग भेटघाट गरी साथ र हौसला प्रदान गर्नुभएको भन्दै उहाँको यस मानवीय तथा सहयोगी भावनाको प्रशंसा गरिएको छ।

सामाजिक तथा मानवीय सेवामा जनप्रतिनिधि तथा राजनीतिक दलका जिम्मेवार व्यक्तिहरूको भूमिका महत्वपूर्ण हुने बताउँदै सभापति पशुराम साह   कानुको यस कदमले बिरामी तथा उहाँको परिवारलाई मानसिक रूपमा समेत हौसला मिलेको स्थानीयको भनाइ छ।

यसैबीच, परबेज मियाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचार सफल होस् र चाँडै पूर्ण रूपमा स्वस्थ भएर घर फर्किन सकून् भन्ने शुभेच्छा व्यक्त गरिएको छ। साथै, उहाँको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीप्रति पनि धन्यवाद व्यक्त गर्दै परिवारका सदस्यहरूलाई धैर्य धारण गर्न शुभकामना दिइएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित