छोराको जन्मदिनमा समाजसेवी बिजेश्वर प्रसाद चौधरीद्वारा स्ट्यान्ड फ्यान सहयोग

वीरगञ्ज, साउन १।
छोराको जन्मदिनलाई सामाजिक सेवासँग जोड्दै समाजसेवी बिजेश्वर प्रसाद चौधरीले पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गत समाजमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको एक जिम्मेवार निकायलाई एक थान स्ट्यान्ड फ्यान सहयोग गरेका छन्।
आफ्ना जेठा छोरा मधुसुदन चौधरीको जन्मदिनको अवसरमा गरिएको उक्त सहयोग समाजप्रतिको उत्तरदायित्व र सेवाभावको निरन्तरता भएको चौधरीले बताएका छन्। उनका अनुसार जन्मदिन जस्ता विशेष अवसरलाई केवल औपचारिक रूपमा मनाउनु भन्दा समाजलाई उपयोगी हुने कार्यमा खर्च गर्नु नै वास्तविक खुशीको विषय हो।
समाजसेवी चौधरीले सेवा नै सबैभन्दा ठूलो धर्म भएको उल्लेख गर्दै आवश्यक परेका निकाय, संस्था तथा विपन्न समुदायलाई सहयोग गर्न आफू सधैं तत्पर रहने बताए। उनले यस्ता साना प्रयासले पनि समाजमा सकारात्मक परिवर्तन ल्याउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरे।
लामो समयदेखि दीनदुःखी, असहाय तथा जरुरतमन्द व्यक्तिहरूलाई खाद्यान्न, शैक्षिक सामग्री तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै आएका चौधरी सामाजिक सेवाका साथै भ्रष्टाचार, सामाजिक विकृति र विसंगतिविरुद्ध पनि निरन्तर आवाज उठाउँदै आएका छन्।
उनले जन्मदिन, विवाह वर्षगाँठ लगायतका विशेष अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोडेर सहयोग गर्ने संस्कृतिको विकास गर्न सबैलाई आग्रह गर्दै यसबाट समाजमा सकारात्मक सन्देश प्रवाह हुने विश्वास व्यक्त गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित