असहाय दलित परिवारलाई खाद्यान्न तथा नगद सहयोग

 

पर्सा, जगरनाथपुर। जगरनाथपुर गाउँपालिका–१ निवासी एक असहाय दलित परिवारलाई छोरीको विवाह सम्पन्न गर्न केही राहत पुग्ने उद्देश्यले स्थानीय समाजसेवीले खाद्यान्न तथा नगद सहयोग प्रदान गरेका छन्।

सहयोगस्वरूप एक बोरा चामल, दुई बोरा चिउरा, आवश्यक मसला तथा नगद रु. ३,००० प्रदान गरिएको हो। उक्त सहयोगको कुल मूल्य करिब रु. ७,००० रहेको बताइएको छ।

सहयोगकर्ताले समाजमा रहेका विपन्न, असहाय तथा पीडित परिवारलाई आफ्नो क्षमता अनुसार सानो–ठूलो सहयोग गर्न सबैमा आग्रह गरेका छन्। यस्ता सहयोगले आवश्यकतामा परेका परिवारलाई राहत पुग्नुका साथै समाजमा मानवता, सद्भाव र सहयोगको भावना अझ बलियो हुने विश्वास व्यक्त गरिएको छ।

उहाँले “सेवा नै सबैभन्दा ठूलो धर्म हो” भन्ने भावनालाई आत्मसात् गर्दै समाजसेवामा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित