वीरगंजमा पूर्वराजा ज्ञानेन्द्र शाहको ८०औँ जन्मोत्सव मनाइयो, तस्बिरमा माल्यार्पण

 

वीरगंज, असार २३। नेपाल राष्ट्रवाद संघको केन्द्रीय कार्यालय वीरगंजको आयोजनामा पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव सरकारको ८०औँ शुभ जन्मोत्सवका अवसरमा सोमबार वीरगंजको घण्टाघर चौकमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

नेपाल राष्ट्रवाद संघका केन्द्रीय अध्यक्ष जनकलाल शाहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिरमा माल्यार्पण गर्दै शुभकामना व्यक्त गरिएको थियो। कार्यक्रममा सहभागीहरूले राष्ट्रवाद, राष्ट्रिय एकता तथा देशभक्तिको भावनालाई सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याउँदै शुभकामना आदानप्रदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जनकलाल शाहले नेपाल राष्ट्रवाद संघ राष्ट्र, राष्ट्रियता, राष्ट्रिय एकता तथा नेपाली जनताको हितका पक्षमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे। उनले देशको सार्वभौमसत्ता, राष्ट्रिय स्वाभिमान र सामाजिक सद्भावलाई अझ सुदृढ बनाउन सबै राष्ट्रवादी शक्तिहरू एकताबद्ध हुनुपर्ने धारणा राख्दै जन्मोत्सवका अवसरमा सबैमा शुभकामना व्यक्त गरेका थिए।

कार्यक्रममा नेपाल राष्ट्रवाद संघका जिल्ला अध्यक्ष संगीत देव साह, उमाशंकरप्रसाद कलवार,पृथवी झा, सन्तोष गुप्ता, हरेरामप्रसाद रौनियार, विष्णु कुमार दास, अच्छेलाल साह, बजरंगी साह कानु, राधाकृष्ण चौहान, मदन ठाकुर, अशोक मण्डल, केशव साह, रामनारायण साह, सुरेश साह, जहिर मियाँ, ईदा मिया, केशव साह, लालसा देवी,महाबिर पटेल,धुरेन्द्र पटेललगायत राष्ट्रवादी अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको समापनमा अध्यक्ष शाहले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तित्वप्रति आभार व्यक्त गर्दै राष्ट्रवाद, राष्ट्रिय एकता र देशहितका मुद्दामा नेपाल राष्ट्रवाद संघ निरन्तर क्रियाशील रहने विश्वास व्यक्त गरेका थिए।

 

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित