हरिकिशोर शर्मा /१६ जिराभवानी पर्सा ।
बिहान करिब ०२:०० बजे जिल्ला पर्सा, बिन्दबासिनी गाउँपालिका–४, अमरपट्टीस्थित सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल, नेपाल बी.ओ.पी. प्रसौनीभाठ्ठा र बी.ओ.पी. अमरपट्टीबाट खटिएको संयुक्त पैदल गस्ती टोलीले शंकास्पद अवस्थामा एक व्यक्तिलाई नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिइएका जिल्ला पर्सा, बहुदरमाई नगरपालिका–८, रामनगरी निवासी अन्दाजी वर्ष ५८ का मनोहर सहनी भारततर्फ जाँदै गरेको अवस्थामा प्लास्टिकको बोराभित्रराखि बोकी लगेको सामान जाँच गर्दा ११ किलोग्राम (२ पोका) गाँजा जस्तो देखिने पदार्थ फेला परेको थियो।
बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ तथा सम्बन्धित व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी चौकी अमरपट्टीमा बुझाइएको छ।









