वीरगंज स्कुल अफ ल (BSL) मा B.A. LL.B. अध्ययनका लागि आवेदन खुला

 

वीरगंज । Birgunj School of Law (BSL) ले पाँच वर्षीय B.A. LL.B. कार्यक्रममा नयाँ भर्नाका लागि आवेदन आह्वान गरेको छ। मधेश प्रदेशको पहिलो निजी कानुन कलेजका रूपमा परिचित BSL मा योग्य विद्यार्थीहरूका लागि शतप्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरिएको कलेजले जनाएको छ।

कलेजका अनुसार पाँच वर्षीय कार्यक्रमको कुल शुल्क ३ लाख ८० हजार रुपैयाँ निर्धारण गरिएको छ भने ८० सिट उपलब्ध छन्। अनुभवी कानुनी प्राध्यापकहरूद्वारा अध्यापन हुने यस कलेजमा मुट कोर्ट, बहस प्रतियोगिता, कानुनी सहायता क्लिनिक तथा अदालत अवलोकन भ्रमण जस्ता व्यावहारिक कार्यक्रमसमेत सञ्चालन गरिन्छ।

BSL लाई Nepal Bar Council ले राष्ट्रियस्तरको कानुन कलेजका रूपमा मान्यता दिएको छ भने यो Rajarshi Janak University सँग आबद्ध छ।कलेज पर्सा जिल्ला अदालत नजिक, वीरगंज महानगरपालिका–१३ मा अवस्थित छ।

 

प्रवेश परीक्षा मिति: २०८३ साउन १६ गते

समय: बिहान ८:०० देखि १०:०० बजेसम्म

इच्छुक विद्यार्थीहरूले समयमै आवेदन दिन कलेजले आग्रह गरेको छ।

थप जानकारीका लागि: ९८५५०३५७१०, ९८२७२०३८३१, ९८४५२६४३४९ ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित