हरिकिशोर शर्मा / जेठ ३१ जिराभवानी पर्सा
पर्साको जगरनाथपुर गाउँपालिका–३ स्थित मरैया चोक क्षेत्रमा प्रहरीले १०० किलो लागुऔषध गाँजा बरामद गरेको छ।
विशेष सूचनाको आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले शनिबार रातीको ११:३० बजे समयमा उक्त क्षेत्रमा खोजतलास गर्ने क्रममा खेतमा पाँच वटा चामलको बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा १०० किलो गाँजा फेला पारी बरामद गरेको हो।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र रूपमा अघि बढाइएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ।
प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार लागुऔषध ओसारपसार तथा कारोबारमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सुरक्षा निकायले अनुसन्धानलाई तीव्रता दिएको छ।








