वीरगंज –३१ सोलखपुरमा संयुक्त वन संरक्षण अभियान, २० क्यु फिट सालको अवैध काठ बरामद

 

पर्सा । वीरगंज महानगरपालिका वडा नं. ३१ सोलखपुर क्षेत्रमा सञ्चालन गरिएको संयुक्त वन संरक्षण अभियानअन्तर्गत ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रमुख समुन्त अधिकारीको नेतृत्वमा करिब २० क्यु फिट सालको अवैध काठ बरामद गरिएको छ।

वन संरक्षण तथा अवैध कटानी नियन्त्रणका लागि गरिएको उक्त अभियानमा सबैया सब डिभिजन वन कार्यालयका रेन्जर भुपाल रोकाय, कविता दास, वन कर्मचारी लक्ष्मी साह कानु, अरविन्द कुमार, प्रहरी चौकी बढनियारका इन्चार्ज असई धर्मराज उप्रेती, सबैया साझेदारी वन उपभोक्ता समूहका उपाध्यक्ष असलम आलम, सदस्य श्रवण प्रसाद साह तथा सशस्त्र प्रहरी बल नेपाल का सई नारायण अधिकारीसहितको टोलीको सहभागिता रहेको थियो।

संयुक्त टोलीले वन क्षेत्रमा हुने अवैध कटानी, चोरी निकासी तथा काठ तस्करी नियन्त्रण गर्न निगरानी कडा पारिएको जनाएको छ। वन ऐनअनुसार अवैध रूपमा काठ कटानी, ओसारपसार तथा कारोबार गर्नेलाई कडा कानुनी कारबाहीको व्यवस्था रहेको छ।

सरोकारवालाहरूले वन संरक्षण प्राकृतिक सम्पदा, वातावरण र जैविक विविधता जोगाउने महत्वपूर्ण अभियान भएकाले स्थानीय समुदाय, वन कार्यालय तथा सुरक्षा निकायबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित