हरिकिशोर शर्मा
जिराभवानी (पर्सा), जेठ २० गते
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिराभवानी गाउँपालिका, पर्साको प्रथम गाउँपालिका अधिवेशन सम्पन्न भएको छ। जिल्ला कार्यसमिति पर्साले जारी गरेको सूचनाअनुसार गाउँपालिका तहमा संगठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत उक्त अधिवेशन सम्पन्न गरिएको हो।
अधिवेशनले रामाकान्त प्रसाद चौधरीको सभापतित्वमा नयाँ गाउँपालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ। त्यसैगरी लेखनाथ बरालको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत गठन गरिएको छ।

अधिवेशन जिल्ला प्रतिनिधि पूर्णबहादुर सापकोटाको प्रमुख आतिथ्य तथा रास्वपा जिराभवानीका सभापति दिलीप प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा उपसभापति सञ्जय राय थारु, सचिव लहवर राम, सदस्य सुमित बराललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
पार्टीका अनुसार गाउँपालिका अधिवेशनमार्फत स्थानीय संगठनलाई थप सशक्त बनाउँदै संगठन विस्तार अभियानलाई प्रभावकारी बनाउने लक्ष्य राखिएको छ। पर्सा क्षेत्र नं. ४ अन्तर्गतका अन्य गाउँपालिकाहरूमा पनि अधिवेशनहरू क्रमशः सम्पन्न गरिने जनाइएको छ।
नवनिर्वाचित गाउँपालिका कार्यसमिति
सभापति : रामाकान्त प्रसाद चौधरी
उपसभापति : सञ्जय राय थारु
सचिव : लहवर राम
सहसचिव : सरस्वती महतो थारु
सदस्य : मातृका प्रसाद लामिछाने
सदस्य : सुमित बराल
सदस्य : पुतरिया देवी
सदस्य : साधना देवी
सदस्य : आत्माराम थारु
सदस्य : राजकिशोर दास थारु
सदस्य : सन्दीप मुखिया बिन
सल्लाहकार समिति
संयोजक : लेखनाथ बराल
सदस्य : रमेश प्रसाद यादव
सदस्य : वीरेन्द्र साह कानु
सदस्य : भुखली देवी
सदस्य : हिरामती राम








