हरिकिशोर शर्मा / जेठ १६, जिराभवानी, पर्सा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिराभवानी गाउँपालिका वडा नं. १ को प्रथम वडा अधिवेशन आज सम्पन्न भएको छ। जिल्ला कार्यसमिति पर्साले जारी गरेको सूचना अनुसार जिराभवानी गाउँपालिकाका सबै वडामा वडा अधिवेशन सञ्चालन गर्ने कार्यक्रमअन्तर्गत वडा नं. १ मा अधिवेशन सम्पन्न गरिएको हो।
गत २०८३ साल जेठ २ गते गठन गरिएको तदर्थ वडा कार्यसमितिलाई आधार मानी सम्पन्न अधिवेशनले नयाँ वडा कार्यसमितिलाई अनुमोदन गरेको जनाएको छ। साथै, अधिवेशनले श्री नन्दकिशोर प्रसाद दास थारुको संयोजकत्वमा पाँच सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ।
अधिवेशन जिल्ला सदस्य चन्दन यादव तथा रास्वपा जिराभवानीका सभापति रामाकान्त चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा रास्वपा जिराभवानीका उपसभापति सन्जय राय थारु, सचिव लावहर राम, सुमित बराललगायत पार्टीका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
साथै, रास्वपा जिराभवानीका वडा नं. २, ३, ४ र ५ का प्रथम वडा अधिवेशनहरू पनि आजै सम्पन्न भएको जनाइएको छ। वडा अधिवेशनमार्फत स्थानीय संगठनलाई सुदृढ बनाउँदै पार्टीको संगठन विस्तार अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य लिइएको पार्टीले जनाएको छ।
वडा कार्यसमिति
सभापति – राजहरन चौधरी
उपसभापति – सुरेश साह
सचिव – हरिकिशोर शर्मा
सदस्य – चिरञ्जीवी खवास थारु
सदस्य – तेजामुल आलम
सदस्य – जटाशंकर साह
सदस्य – अमित सिंह
सदस्य – प्रतिमा कुमारी बिन
सदस्य – राधिका देवी कुर्मी
सदस्य – राजकुमार साह
सदस्य – उमा मुखिया बिन
सल्लाहकार समिति
संयोजक – नन्दकिशोर प्रसाद दास थारु
सदस्य – रामेश्वर प्रसाद महतो
सदस्य – शिवजी साह
सदस्य – किशोरी मुखिया
सदस्य – छोटेलाल राम
रास्वपाले वडा अधिवेशनमार्फत संगठनलाई थप मजबुत बनाउने तथा स्थानीय तहसम्म पार्टीको पहुँच विस्तार गर्ने उद्देश्यका साथ अभियानलाई तीव्रता दिएको जनाएको छ।









