विवादमा तानिएका गृहमन्त्री गुरुङले छाडे पद

 

काठमाडौं । विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ ले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार सामाजिक सञ्जालमार्फत राजीनामा दिएको घोषणा गरेका हुन्।

गुरुङमाथि पछिल्लो समय विवादित व्यवसायीसँग विभिन्न शेयर कारोबारमा संलग्न रहेको आरोप लाग्दै आएको थियो। सोही विषयलाई लिएर चौतर्फी आलोचना र दबाब बढ्दै गएपछि उनले पदबाट अलग हुने निर्णय गरेका हुन्।

राजीनामाबारे सार्वजनिक गर्दै गुरुङले आफू सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् भन्ने चाहनाका साथ पद छाडेको बताएका छन्। उनले भनेका छन्, “मसँग सम्बन्धित विषयमा निष्पक्ष छानबिन होस् र पदमा रहँदा ‘कन्फ्लिक्ट अफ इन्टेरेस्ट’ नदेखियोस् भन्ने उद्देश्यले आजकै मितिदेखि लागू हुने गरी गृह मन्त्री पदबाट राजीनामा दिएको छु।”

गुरुङले आफ्नो राजीनामा प्रधानमन्त्री वालेन्द्र शाह समक्ष बुझाएका हुन्। शाहले आफू नियुक्त भएकै दिन मन्त्रिपरिषद् गठन गर्दा गुरुङलाई गृहमन्त्रीमा नियुक्त गरेका थिए।

सुरुवाती दिनमा उच्च पदस्थ कर्मचारीलाई पक्राउ गरेर चर्चामा आएका गुरुङ पछिल्लो समय भने विवाद र आलोचनाको केन्द्रमा परेका थिए।

यसैबीच, राजीनामापूर्व रवि लामिछाने सँग भएको छलफलपछि उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएको स्रोतले जनाएको छ।

गुरुङको राजीनामापछि सरकारभित्र नयाँ गृहमन्त्री नियुक्तिको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित