नगवा दुर्गा पूजा समितिद्वारा हनुमान आराधना तथा महाआरती आयोजना, सहभागिताका लागि आह्वान

 

अभिलाष गुप्ता

वीरगंज/३० चैत

हिन्दु पत्रकार संघ पर्साका अध्यक्ष राजन रौनियारको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमार्फत नगवा दुर्गा पूजा समितिले विशेष धार्मिक कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको छ।

श्री नगवा दुर्गा पूजा समितिको आयोजनामा श्री १०८ सप्ताह हनुमान चालीसा पाठ सम्पन्न भएको उपलक्ष्यमा “श्री हनुमान आराधना तथा महाआरती” कार्यक्रम सञ्चालन हुन लागेको हो।

आयोजकले उक्त कार्यक्रममा सम्पूर्ण भक्तजन तथा स्थानीयवासीलाई सहभागी हुन आग्रह गरेका छन्।कार्यक्रम अनुसार हनुमान आराधना बिहानदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुनेछ भने महाआरती साँझ ६:३० बजे सुरु हुने जनाइएको छ। महाआरती पश्चात् प्रसाद वितरणको व्यवस्था समेत गरिएको आयोजकले जनाएको छ।

उक्त धार्मिक कार्यक्रम बैशाख १ गते, मंगलबारका दिन वीरगंज महानगरपालिका–नगवा पोखरीस्थित श्री बैधि माई मन्दिर परिसरमा आयोजना गरिनेछ। आयोजकले विशेषगरी वीरगञ्जबासीलाई कार्यक्रममा उपस्थित भई धार्मिक पुण्य लाभ लिन आग्रह गरेका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित