हरिकिशोर शर्मा / चैत २९ जिराभवानी पर्सा ।
पर्साको जिराभवानी गाउँपालिका वडा नं. १ बलुवामा आगलागीबाट घरबारविहीन बनेको एक परिवारलाई राहत सामग्री वितरण गरिएको छ भने घर निर्माणमा सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।
गत बिहीबार राति करिब ११:३० बजे लामखुटे भगाउन बालिएको मच्छर धुपबाट सल्किएको आगोले मोटर मुखिया बिनको घर पूर्ण रूपमा जलेर खरानी भएको थियो। आगलागीका कारण घरभित्र रहेका सम्पूर्ण सामग्री नष्ट भएका छन्।
जिराभवानी गाउँपालिका राष्ट्रिय स्वतन्त्र पाटीका जिराभवानी गा पा पर्साको युवा नेता , पालिका निर्वाचन परिचालन कमिटिको सयोजक तथा निर्वाचनचित प्रतिनिधि सभा सद्स्य माननीय टेकबहादुर शाक्य ज्युको उमेदवार प्रतिनिधि रामाकान्त प्रसाद चौधरी घटनाको बारेमा जानकारी गरए पचताप का यु नेता गाउँपालिका वडा परिवारको घरमै पुगेर राहत वितरण गरेका हुन्। उनले लाता कपडा आवशयक भाडाब्कुडा , लगायतका खाद्यान्न सामग्री सहयोग गरेका छन्।साथै, चौधरी आफ्नै लगानीमा पीडित परिवारका लागि नयाँ गरिदिने प्रतिबद्धता पनि जनाएका छन्।
पीडित परिवारका अनुसार, घर निर्माणका लागि लघुवित्त विकास बैंकबाट लिएको करिब ६ लाख रुपैयाँ नगदसमेत आगलागीमा जलेर नष्ट भएको छ। आगोमा परी चार वटा बाख्रा र एक गाईको समेत मृत्यु भएको जनाइएको छ।
त्यसैगरी लत्ताकपडा, भाँडाकुँडा, दराज, बाकस तथा खाद्यान्न कलाकार सबै सरसामान पूर्ण रूपमा नष्ट भएका छन्। हाल पीडित परिवार अत्यन्तै कठिन अवस्थामा रहेको र थप सहयोगको खाँचो रहेको स्थानीयले बताएका छन्।स्थानीयवासी तथा सहयोगी मनहरूले सम्भव भएसम्म सहयोग गरी पीडित परिवारलाई राहत पुर्याउन अपिल गरिएको छ । र साथै स्थानीय बुद्धि जिबि सजय राय थारु जटाशकर साह कलवार युवा नेता अजित राय थारु , नेसार समानी , अमरेश ठाकुर लोहार लगाएत नेपाल दलित सन्जाल पर्साको सचिव लहवर राम विशेषज्ञ उपस्थितिमा समपन्न भएको युवा नेता जिसन समानी बताएका छ्न ।









