कालिकामाई युवा समाजद्वारा कालिकामाई मेलामा पनि एवंम् प्रसाद वितरण तथा स्वास्थ्य शिविर सञ्चालन

 

हरिकिशोर शर्मा / चैत १३ जिराभवानी पर्सा।

पर्साको कालिकामाई गाउँपालिका स्थित कालिकामाई युवा समाजले प्रत्येक साल झै यस साल पानी रामनमीको अवसरमा लाग्ने कालिकामाई मेलामा पानी एवंम् प्रसाद वितरण तथा स्वास्थ्य शिविर कार्यक्रम सम्पन्न गरेकोछ!

युवा समाजका अध्यक्ष आकाश चौरसियाले यस कालिकामाईको मेलामा पाल्नुहुने श्रद्धालु भक्तजनहरूको सेवाको निम्ति आफूहरु विगत ४ वर्षदेखि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको र आगामी दिनहरुमा पनि सामाजिक सेवाका निम्ति अग्र पंक्तिमा रहेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गर्दै यस कार्यक्रममा सहयोग गर्ने सम्पूर्ण सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभएको थियो!

कार्यक्रममा कट्टिबलुवाका समाजसेवी युवा डब्लु साह गोढ ले करिब ७०० बोतल मिनरल वाटर सहयोग गर्नुभएको थियो र स्वास्थ्य शिविर को लागी स्वास्थ्य शाखा कालिकामाई गाउँपालिकासंग सहकार्य गरिएकोथियो भने अन्य व्यवस्थापन तथा प्रसाद वितरणको लागि संस्थाका सम्पूर्ण युवाहरुले सहयोग गरेको युवा समाजको वरिष्ठ उपाध्यक्ष आकाश महतोले जानकारी दिनुभयो!

कार्यक्रममा युवा समाजको अध्यक्ष आकाश चौरसिया, वरिष्ठ उपाध्यक्ष आकाश महतो, उपाध्यक्ष भरत साह,संस्थापक सदस्य मोहन महतो,राकेश सरार्फ,रमेश चौरसिया,सदस्यहरु नितेश कुशवाहा,अशोक साह,विनय चौरसिया, अफजल मियाँ,राजेश चौरसिया,स्वास्थ्यकर्मीहरु धिरेन्द्र रेवानी,शैलेन्द्र चौरसिया लगायतका समाजसेवी युवाहरुको बाक्लो उपस्थिति रहेको संस्थापक सदस्य रमेश चौरसियाले जानकारी दिए!

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित