मारवाडी प्रिमियर लिग–३ : नवौँ दिनमा गौरिशंकर हिटर्सको शानदार जित

 

वीरगंज/०८ चैत

 

मारवाडी युवा मञ्च तथा ग्रीन सिटी सामुदायिक सेवा केन्द्र, आदर्शनगरको संयुक्त आयोजनामा सञ्चालित “मारवाडी प्रिमियर लिग–३” अन्तर्गत नवौँ दिनका खेलहरू वीरगंज स्थित आदर्शनगर रंगशालामा उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन्।

 

स्वर्गीय सुशील कुमार खेतान (टिपु)को स्मृतिमा आयोजना गरिएको उक्त प्रतियोगिता फागुन २९ गतेदेखि सुरु भई चैत १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ भने कुल २३ खेल खेलाइने कार्यक्रम रहेको छ। विजेताले ४ लाख रुपैयाँ र उपविजेताले २ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने संयोजक केशव खेतानले जानकारी दिएका छन्।

 

नवौँ दिनको खेल द फग फाइटर कैलाश र गौरिशंकर हिटर्सबीच सम्पन्न भएको थियो। खेलमा गौरिशंकर हिटर्सले पहिले ब्याटिङ गर्दै १३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो।

उक्त लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको द फग फाइटर कैलाश टोलीले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा गौरिशंकर हिटर्सले शानदार जित हात पारेको छ। प्रतियोगिता दिनप्रतिदिन रोमाञ्चक बन्दै गएको छ भने दर्शकहरूको उल्लेखनीय उपस्थिति देखिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित