वीरगंजको गहवा माई मन्दिरमा राष्ट्रिय ज्योतिष दिवस भव्य रूपमा सम्पन्न, विभिन्न व्यक्तित्व सम्मानित

 

 

चैत ५, वीरग

 

राष्ट्रिय ज्योतिष दिवस २०८२ को अवसरमा गहवा माई मन्दिर को प्राङ्गणमा भव्य सम्मान तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ। विश्व ज्योतिष महासंघका एसिया उपसभापति तथा बृहस्पति फाउन्डेसन नेपालका अध्यक्ष, सुप्रसिद्ध ज्योतिषाचार्य डा. पुरुषोत्तम दुबेको आयोजनामा कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको हो।

 

कार्यक्रमका प्रमुख अतिथि स्नेही नेपाल सामाजिक संस्थाका अध्यक्ष भुपेन्द्र पौडेल रहनुभएको थियो। आफ्नो मन्तव्यका क्रममा उहाँले मौलिक धर्म, संस्कृति तथा खगोल विज्ञानको संरक्षणका लागि यस्ता कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो।

विशिष्ट व्यक्तित्वहरू सम्मानित

 

समारोहमा सनातन संस्कृति, धर्म तथा ज्योतिष शास्त्रको संरक्षणमा महत्वपूर्ण योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो। सम्मानित व्यक्तित्वहरूमा नेपाल भोजपुरी समाजका अध्यक्ष धुर्व सिंह ठकुरी, संस्कृत पाठशाला वीरगञ्जका प्राचार्य पण्डित विजय नाथ तिवारी तथा हिन्दू पत्रकार संघ परिवारका अध्यक्ष राजन रौनियार रहनुभएको थियो।

 

त्यसैगरी, महिला सशक्तिकरण तथा समाजसेवामा उल्लेखनीय योगदान पुर्‍याउनुहुने समाजसेवी राधा शर्मालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो। साथै, राजन तिवारी, पण्डित जटाशंकर तिवारी (गुरुकुल आश्रम), अपाङ्ग कल्याण संघका अध्यक्ष संजय सर्राफ तथा देश मधेश अनलाइनका सञ्चालक अभिलाष गुप्तालाई पनि सम्मानित गरिएको थियो।

 

महिला सहभागिता र उत्साहजनक उपस्थिति

कार्यक्रममा सिमा दुबे, विभा साह र स्वस्तिका चौधरी लगायतका महिला व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो, जसले कार्यक्रमलाई थप गरिमामय बनाएको थियो।

 

कार्यक्रमका आयोजक डा. पुरुषोत्तम दुबेले सम्मानित व्यक्तित्वहरूको ज्ञान, साधना र समर्पणले भविष्यमा ज्योतिष विद्याको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

 

मन्दिरको पवित्र परिसरमा आयोजित उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवी, सञ्चारकर्मी तथा श्रद्धालु भक्तजनहरूको उत्साहजनक उपस्थिति रहेको थियो। सहभागीहरूले सम्मानित सबै व्यक्तित्वहरूको सुस्वास्थ्य, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गरेका थिए।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित