अभिलाष गुप्ता
वीरगंज/५ चैत
Little Angels’ School को आयोजनामा तथा Nepal Dental Association को सहकार्यमा ज्योतिनगर, वीरगंजमा मुख स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम अन्तर्गत नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको दन्त परीक्षण (चेकअप) गरिएको थियो। परीक्षणका क्रममा अधिकांश विद्यार्थीहरूमा कुनै गम्भीर (मेजर) समस्या नदेखिएको जनाइएको छ।
कार्यक्रम प्रमुख अतिथि नेपाल इनोभेटिभ सोसाइटी पर्साका अध्यक्ष कमल चौगाईंको आतिथ्यमा तथा विशिष्ट अतिथिका रूपमा मन्नी पाख्रिनको उपस्थितिमा सम्पन्न भएको थियो।
सन्न्नी पाख्रीन को अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूलाई मुख तथा दाँतको सरसफाइ, नियमित ब्रस गर्ने तरिका र स्वास्थ्य सचेतनाबारे जानकारी दिइएको थियो।विद्यालयले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूमा स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि हुने विश्वास व्यक्त गरेको छ।








