समानुपातिकतर्फको मतगणना सम्पन्न, सिट बाँडफाँड प्रक्रिया सुरु हुँदै

 

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना सम्पन्न भएको छ। निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ खसेका सबै मतको गणना सकिएको जनाएको हो।

 

निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार समानुपातिकतर्फको मतगणना पूरा भइसकेको छ र अब दलहरूले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँड गर्ने प्रक्रिया अगाडि बढाइनेछ।

 

आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार समानुपातिकतर्फ कुल एक करोड सात लाख ३९ हजार एक सय १५ मत गणना भइसकेको छ। आयोगले अन्तिम अद्यावधिक गर्दा यस अङ्कमा सामान्य घटबढ हुन सक्ने जनाएको छ।

 

हालसम्मको विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै मतसहित अग्रस्थानमा देखिएको छ। रास्वपाले ५१ लाख ३९ हजार २३५ मत प्राप्त गरेको छ।

 

यस्तै, नेपाली कांग्रेसले १७ लाख ४९ हजार ५८३ मत पाएको छ भने नेकपा (एमाले) ले १४ लाख ४८ हजार ८५४ मत प्राप्त गरेको छ। नेपाली कम्युनिस्ट पार्टीले आठ लाख पाँच हजार ७५३ मत प्राप्त गरेको छ।

 

त्यसैगरी श्रम संस्कृति पार्टीले तीन लाख ७८ हजार ६४९ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन लाख २९ हजार ४७२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएसँगै अब आयोगले प्राप्त मतका आधारमा दलहरूलाई सिट बाँडफाँड गर्ने प्रक्रिया औपचारिक रूपमा अगाडि बढाउने तयारी गरेको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित