अन्तर्राष्ट्रिय लिफ आर्टिस्ट मधुरेन्द्र कुमारद्वारा युवा नेता निशान्त कुमारलाई अनौठो शैलीमा बधाई

 

मोतिहारी\ फागुन २४ गते

 

भारतका प्रसिद्ध अन्तर्राष्ट्रिय लिफ आर्टिस्ट मधुरेन्द्र कुमार ले युवा नेता निशान्त कुमार लाई अनौठो शैलीमा बधाई दिएका छन्। उनले सानो हरियो पीपलको पातमा अद्भुत कलाकृति बनाउँदै “Welcome to JDU – Congrats Nishant” लेखेर आफ्नो शुभकामना व्यक्त गरेका हुन्।

 

मधुरेन्द्र कुमारले करिब पाँच घण्टाको कठिन मेहनतपछि झण्डै तीन सेन्टिमिटर आकारको पीपलको पातमा बिहारका मुख्यमन्त्री नितीश कुमार ले निशान्त कुमारलाई बधाई दिइरहेको मनमोहक चित्र उकेरेका छन्। यस सूक्ष्म र अनौठो लिफ आर्टमा “जदयूमा तपाईंलाई स्वागत छ – बधाई हो निशान्त” भन्ने सन्देश पनि समावेश गरिएको छ।

 

कलाकार मधुरेन्द्र कुमारका अनुसार यस कलाकृतिमार्फत उनले युवा नेता निशान्त कुमारलाई शुभकामना व्यक्त गर्दै बिहारका मुख्यमन्त्री नितीश कुमारले थालेका अधुरा कामलाई अगाडि बढाउँदै राज्यको विकासमा महत्वपूर्ण भूमिका खेल्न प्रेरणा दिने प्रयास गरेका हुन्।

 

मधुरेन्द्र कुमारको यो अनौठो कलाकृति अहिले सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल भइरहेको

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित