मारवाडी प्रिमियर लिग–३ यहि फागुन २९ गतेबाट वीरगंज स्थित आदर्शनगर रंगशालामा हुने

 

 

वीरगंज/२२ फागुन

 

मारवाडी युवा मञ्च र ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरको संयुक्त आयोजनामा “मारवाडी प्रिमियर लिग–३” क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ। स्वर्गीय सुशील कुमार खेतान (टिपु) को स्मृतिमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यहि फागुन २९ गते १३ मार्च २०२६, शुक्रबार वीरगञ्जको आदर्शनगर रंगशालामा सुरु हुने आयोजकले जनाएको छ।

 

उक्त प्रतियोगितामा १० वटा टिम सहभागी हुनेछन् भने कुल २३ वटा खेल खेलाइने कार्यक्रम रहेको छ। प्रतियोगितामा सहभागी टिमहरूबीच रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

 

प्रतियोगितामा सहभागी हुने प्रमुख टिमहरूमा बीटीएस प्लास्टर्स, टाइगर्स, जगुआर, कञ्चनजंगा लगायतका टिम रहेका छन्। प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई विजेता घोषणा गरिनेछ।

 

उक्त कार्यक्रमको संयोजक केशव खेतानका अनुसार प्रतियोगिताले वीरगंजमा खेलकुद गतिविधिलाई थप प्रोत्साहन गर्ने विश्वास लिइएको छ। उनले प्रतियोगितामा स्थानीय खेलाडीहरूको उत्साहजनक सहभागिता रहने र खेलप्रेमी दर्शकहरूको पनि उल्लेख्य उपस्थितिको अपेक्षा गरिएको बताए।

 

आयोजकका अनुसार प्रतियोगिताको उद्देश्य खेलकुदमार्फत युवाहरूलाई एकताबद्ध गर्नुका साथै स्वर्गीय सुशील कुमार खेतानको स्मृतिलाई सम्मान गर्नु रहेको छ। साथै प्रतियोगिताले वीरगञ्जमा क्रिकेट खेलको विकास र खेल संस्कृतिलाई थप मजबुत बनाउने विश्वास गरिएको काम छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित