दुर्गा प्रसाई को पुनः गिरफ्तारीको विरोध, रिहाइको माग

 

 

पर्सा — राष्ट्र राष्ट्रिय धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान को पर्सा जिल्ला संगठनले एक बैठक आयोजना गरी दुर्गा प्रसाईलाई पुनः गिरफ्तार गरिएको घटनाप्रति गम्भीर आपत्ति जनाउँदै वर्तमान सरकारको कडा भर्त्सना गरेको छ।

 

संगठनले जारी गरेको निर्णयअनुसार, प्रसाईलाई व्यक्तिगत स्वतन्त्रता तथा मानवीय मूल्य र मर्यादाको ख्याल नगरी अपराधीलाई पक्राउ गरेजस्तो व्यवहार गर्दै थुनामा राखिएको आरोप लगाइएको छ। बैठकले उक्त कदमलाई अप्रजातान्त्रिक कार्यको संज्ञा दिँदै तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको छ।

 

बैठक पर्सा जिल्ला संयोजक शम्भु प्रसाद चौरसियाको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा अजय पौडेल, उदित सहनी, राजेश चौहान, हरिनारायण चौरसिया, बिरेन्द्र यादव, बिरबहादुर यादव, लालमहमद मियाँ, चन्दिरिका सहनी तथा मेदिहसन राउत गदी लगायतका व्यक्तिहरूको उपस्थिति रहेको जनाइएको छ।

 

संगठनले सरकारलाई लोकतान्त्रिक मूल्य, मान्यता र नागरिक अधिकारको सम्मान गर्न आग्रह गर्दै आफ्ना मागप्रति बेवास्ता गरिए थप आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिएको छ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित