हरिकिशोर शर्मा / फागुन १५ जिराभवानी पर्सा ।
पर्सा क्षेत्र नम्बर–४ मा चुनावी माहोल तातिँदै जाँदा टेकबहादुर शाक्यको घरदैलो कार्यक्रम जिराभवानी गाउँपालिका–१ महादेवपटि सम्पन्न भएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार शाक्यले घरदैलोका क्रममा स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा सार्वजनिक गर्नुभयो। कार्यक्रममा समर्थकहरूले घण्टी बजाउँदै ‘जय घण्टी’को नारा लगाएर वातावरण उत्साहपूर्ण बनाएका थिए।
टोल–टोलमा पुगेर शाक्यले सुशासन, पारदर्शिता, भ्रष्टाचार नियन्त्रण र जनउत्तरदायी शासनलाई आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभयो। उहाँले परम्परागत राजनीतिक अभ्यासबाट निराश भएका जनतालाई अब वैकल्पिक शक्तिलाई अवसर दिनुपर्ने धारणा राख्दै “राजनीति सेवा हो, सत्ता होइन” भन्ने सन्देश दोहोर्याउनुभयो।
घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले रोजगारी, सडक–पूर्वाधार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत विषयमा प्रश्न उठाएका थिए। त्यसको जवाफ दिँदै शाक्यले क्षेत्रीय विकासलाई योजनाबद्ध रूपमा अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
पर्सा–४ मा चुनावी सरगर्मी बढ्दो छ। विभिन्न दलका उम्मेदवारहरू घरदैलो तथा सभा–सम्मेलनमार्फत मतदाता आकर्षित गर्न सक्रिय देखिएका









