ठोरी विकास बिना चितवनको विकास सम्भव छैन, सविता गौतम

 

 

हरिकिशोर शर्मा / फागुन १३ जिराभवानी पर्सा ।

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की चर्चित नेतृ तथा प्रखर वक्ता सोविता गौतम ले ठोरीको विकासविना चितवनको विकास सम्भव नहुने बताउँदै साझा चुनौतीसँग लड्न टेक बहादुर शाक्यलाई विजयी गराउन मतदातासमक्ष अनुरोध गर्नुभएको छ । कोणसभालाई सम्बोधन गर्दै गौतमले केरुङ–ठोरी नाका, ठोरी भन्सार र हुलाकी सडकजस्ता बहुप्रतीक्षित योजनाहरूलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले देशमा नीति र विधिको परिवर्तनमार्फत सुशासन स्थापना गर्ने उद्देश्यले रास्वपाको जन्म भएको स्पष्ट पार्नुभयो ।

 

त्यसैगरी पर्सा क्षेत्र नम्बर ४ का रास्वपा उम्मेदवार टेक बहादुर शाक्यले ठोरीलगायत समग्र क्षेत्र नम्बर ४ का समस्याहरूलाई प्राथमिकताका साथ उठान गर्दै साझा चुनौती र साझा समस्याहरूमा सहकार्य गरेर यस क्षेत्रको विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

 

कार्यक्रममा किशोर तमाङ, कामोध्य चौधरी, धीर सिंह, जगदीश पटेललगायतका वक्ताहरूले पनि मन्तव्य राख्दै रास्वपाको नीति, कार्यक्रम तथा वैकल्पिक राजनीतिक सोचबारे प्रकाश पार्नुभएको थियो । उनीहरूले पुराना प्रवृत्तिलाई परिवर्तन गरी पारदर्शी र जवाफदेही शासन प्रणाली स्थापना गर्न नयाँ शक्तिको आवश्यकता रहेको धारणा व्यक्त गरेका थिए ।

 

उक्त कार्यक्रममा चार सय पैंतालीस (४४५) जनाले रास्वपामा प्रवेश गरेका थिए । आज सम्पन्न कोणसभाको अध्यक्षता माधव बस्नेतले गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सन्तोष श्रेष्ठले गर्नुभएको थियो ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित