अभिलाष गुप्ता
वीरगञ्ज ०९ फागुन
नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत म्याच नं. १२ र १३ का खेलहरू आदर्शनगर खेल मैदानमा सम्पन्न भएका छन्। दुवै खेल उत्साहपूर्ण प्रतिस्पर्धाका बीच सम्पन्न भए।
म्याच नं. १२ मा ज्ञानोदय मा. वि. र ज्ञान निकेतन मा. वि. बीच प्रतिस्पर्धा भएको थियो। टस जितेर ब्याटिङ रोजेको ज्ञानोदयले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८४ रनको विशाल योगफल खडा गर्यो। जवाफी ब्याटिङमा उत्रिएको ज्ञान निकेतन ७.१ ओभरमै ३५ रनमा अलआउट भयो। ज्ञानोदय १४९ रनको फराकिलो अन्तरले विजयी बन्यो।
यस खेलका म्यान अफ द म्याच सुरज कुमार ठाकुर घोषित भए। उनले २५ बलमा ४४ रन बनाउनुका साथै १ ओभरमा ६ रन खर्चेर १ विकेट लिए।

म्याच नं. १३ मा ब्राइट पब्लिक मा. वि. र एन्जल नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ छैठौँ दिन: ज्ञानोदय र ब्राइट पब्लिकको प्रभावशाली जीतवर्ल्ड मा. वि. आमनेसामने भएका थिए। टस जितेर बलिङ रोजेको ब्राइट पब्लिकले एन्जल वर्ल्डलाई १३.४ ओभरमा ८७ रनमै समेट्यो। ८८ रनको लक्ष्य ब्राइट पब्लिकले ७ ओभरमा ४ विकेट गुमाउँदै सहजै पूरा गर्यो। ब्राइट पब्लिक ६ विकेटले विजयी भयो।
यस खेलका म्यान अफ द म्याच पवन सर्राफ घोषित भए। उनले २.४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिनुका साथै २० बलमा ४७ रनको उत्कृष्ट पारी खेले।
प्रतियोगिताको छैठौँ दिनका दुवै खेलमा खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। आयोजक समितिले प्रतियोगितालाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण विद्यालय, खेलाडी, प्रशिक्षक तथा पदाधिकारीप्रति आभार व्यक्त गरेको छ।









