इनरुवामा रास्वपाको कार्यालय उद्घाटन, पर्सा–१ उम्मेदवार हरि पन्तको विकासमा जोड

 

 

वीरगञ्ज, ०६ फागुन

 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा सभापति तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले वीरगञ्ज महानगरपालिका–स्थित इनरुवामा पार्टीको नयाँ सम्पर्क कार्यालय उद्घाटन गरेका छन्।

 

आज आयोजित विशेष कार्यक्रमबीच पन्तले रिबन काटेर कार्यालयको औपचारिक उद्घाटन गरेका हुन्। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

उद्घाटनपछि सम्बोधन गर्दै पन्तले इनरुवावासीसँग आफ्नो आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै स्थानीय जनताले देखाएको विश्वास र मायालाई सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आगामी निर्वाचनमा रास्वपालाई जिताउन स्थानीय बासिन्दा सक्रिय रूपमा लागिपरेको बताउँदै उक्त समर्थनलाई परिवर्तनको जनमतका रूपमा लिएको बताए।

 

“इनरुवावासीले देखाएको माया र भरोसाले मलाई थप जिम्मेवारीबोध गराएको छ,” उनले भने, “यहाँको समग्र विकास, सुशासन र पारदर्शिताका लागि हामी दृढ प्रतिबद्ध छौँ। जनताको अपेक्षा र आवश्यकताअनुसार काम गर्नु नै हाम्रो मुख्य लक्ष्य हुनेछ।”

कार्यक्रम विजय साहको सभापतित्वमा सम्पन्न भएको थियो भने सहजीकरण सन्तोष पटेलले गरेका थिए। कार्यक्रममा रास्वपा वीरगञ्ज महानगर सभापति अमन आलम, जिल्ला सचिव सुदिश प्रजापती, दिलीप कुर्मी, मुकेध पटे

ललगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले नयाँ राजनीतिक विकल्पका रूपमा रास्वपाप्रति जनआकर्षण बढिरहेको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीले बलियो जनसमर्थन प्राप्त गर्ने विश्वास व्यक्त गरे।

 

इनरुवामा कार्यालय उद्घाटनसँगै रास्वपाले पर्सा–१ मा संगठन विस्तार तथा चुनावी अभियानलाई थप तीव्र बनाउने संकेत दिएको छ। स्थानीय तहदेखि प्रतिनिधि सभासम्म जनमुखी एजेन्डालाई प्राथमिकतामा राख्दै अघि बढ्ने प्रतिबद्धता नेताहरूले दोहोर्‍याएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित