नेशनल प्याब्सन प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२: दोस्रो दिन तीन खेल सम्पन्न

 

अभिलाष गुप्ता

वीरगञ्ज, ०५ फाल्गुन

 

आदर्शनगर खेल मैदानमा जारी NPABSAN प्रिमियर नकआउट टी–२० क्रिकेट प्रतियोगिता–२०८२ अन्तर्गत दोस्रो दिन म्याच नं. ३, ४ र ५ का खेलहरू सम्पन्न भएका छन्। प्रतिस्पर्धात्मक खेलमा जुनियर तथा ओपन समूहका टोलीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए।

म्याच नं. ३ (जुनियर) मा ओएसिस स्कुलले टस जिती ब्याटिङ गर्दै ११.३ ओभरमा ८९ रन बनायो। जवाफमा लर्ड बुद्ध स्कुलले १३.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्दै ६ विकेटले जित दर्ता गर्‍यो। रोहन पटेल (४ विकेट तथा ४७ रन) म्यान अफ द म्याच घोषित भए।

म्याच नं. ४ (जुनियर) मा ज्ञानोदय स्कुल १३ ओभरमा ६२ रनमा अलआउट भयो। मदरल्याण्ड स्कुलले ९ ओभरमा ६ विकेट गुमाउँदै ६३ रन बनाउँदै ४ विकेटले जित हात पार्‍यो। जुनैद हवारी (३ विकेट) म्यान अफ द म्याच बने।

 

म्याच नं. ५ मा एन्जल्स वर्ड स्कुलले १५ ओभरमा ८८/७ रन बनायो। विद्या सदन स्कुलले १४.४ ओभरमा ९ विकेट गुमाउँदै ८९ रन पूरा गर्दै १ विकेटको रोमाञ्चक जित निकाल्यो। राज आलम म्यान अफ द म्याच घोषित भए।

प्रतियोगिताअन्तर्गत भोलि जुनियरतर्फ सिद्धार्थ एकेडेमी र लर्ड बुद्ध स्कुल तथा सिनियरतर्फ विद्या सदन स्कुल र माउन्ट हर्मन स्कुलबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। पहिलो खेल बिहान ९:०० बजे र दोस्रो खेल बिहान ११:०० बजे सुरु हुनेछ।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित