पर्साको कालिकामाईमा विष्णु महायज्ञमा दलित समुदायको सहभागितामा रोक लगाइएको आरोप

 

शैलेश गुप्ता

पोखरिया/फागुन १ – पर्सा जिल्लाको कालिकामाई गाउँपालिका वडा नम्बर ५, विरँचीवर्वा सेमारा टोलमा यही फागुन ६ गतेदेखि सञ्चालन हुन लागेको एककुण्डी श्री विष्णु महायज्ञमा दलित समुदायको सहभागिता रोक लगाइएको आरोप लागेको छ।

 

दलित समुदायका अगुवा कमलेश हजरा दुसादका अनुसार आफूहरू दलित भएकै कारण यज्ञ समितिले सहभागी नगराउने प्रस्ताव गरेको आरोप लगाएका छन्। उनले यस विषयमा आपत्ति जनाउँदै जिल्ला प्रशासन कार्यालय पर्सा मार्फत ध्यानाकर्षण पत्र बुझाइएको जानकारी दिए। उनका अनुसार आफूहरूलाई पटक–पटक दलित भन्दै अपहेलित गरिएको समेत गुनासो गरेका छन्।

 

यस विषयमा वडा नम्बर ५ का वडा अध्यक्ष जयनारायण प्रसाद पटेलसँग बुझ्दा उनले यज्ञ समितिसँग मौखिक रूपमा दलित समुदायको सहभागिता सुनिश्चित गर्न आग्रह गरिएको बताए। साथै, यज्ञमा सहभागी हुन इच्छुक दलित समुदायका व्यक्तिहरूलाई आवश्यक सरसामान व्यवस्थापन गर्न भनिएको उनको भनाइ छ।

 

स्थानीय स्रोतका अनुसार महायज्ञ एककुण्डी भएकाले पुरोहित तथा यज्ञ आचार्यले दलित समुदायको सहभागितामा रोक लगाइएको बताएका छन्।

पर्साका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

बाराका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

रौतहटका स्थानीय तहका लोक कल्याणकारी विज्ञापन

सम्बन्धित