पर्सा । पर्सागढी नगरपालिका वडा नम्बर ४ सवैयामा आयोजित घरदैलो कार्यक्रममा मतदाताको उत्साहजनक सहभागिता देखिएको छ। नेकपा एमालेबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की प्रतिनिधिसभा सदस्य उम्मेदवार रिमा कुमारी यादवले टोल–टोलमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै आफ्नो चुनावी एजेन्डा प्रस्तुत गरेकी हुन्।घरदैलोका क्रममा स्थानीय बासिन्दाले विकास, रोजगारी, कृषि तथा आधारभूत पूर्वाधार सुधारका विषय उठान गरेका थिए। मतदातासँग संवाद गर्दै उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, कृषि र सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनले आगामी निर्वाचनमा नेकपा एमालेको चुनाव चिन्ह ‘सूर्य’मा मतदान गरी आफूलाई विजयी गराउन आग्रह गर्दै पर्सा–२ को समग्र विकासका लागि स्पष्ट योजना र दृढ इच्छाशक्ति आवश्यक रहेको बताइन्।
कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।









